दफा १०
सञ्चालकलाई हटाउन सकिने व्यवस्था
: देहायका अवस्थामा मनोनीत सञ्चालकहरूलाई नेपाल सरकारले निर्वाचित सञ्चालकलाई साधारणसभामा उपस्थित शेयर होल्डरहरूको बहुमतले हटाउन सक्नेछ ः-
(क) दफा ९ मा उल्लिखित कुनै अयोग्यता भएमा, वा
(ख) समितिको अनुमति बिना समितिको बैठकमा लगातार तीन पटक भन्दा बढी अनुपस्थित भएमा र सो अनुपस्थितिको कारण मनोनीत सञ्चालक भए नेपाल सरकारको दृष्टिकोणबाट र निर्वाचित सञ्चालक भए साधारणसभाको दृष्टिकोणबाट बेमनासिव देखिएमा, वा
(ग) दफा १६ उल्लंघन गरी संस्थानसँग भएको कुनै ठेक्का पट्टामा हिस्सेदार भएको प्रमाणित भएमा ।